मोटरहेड मोटरसाईकल सोरुम पोखरामा

पोखरा । पोखराको पर्स्याङमा विभिन्न अफरहरु सहित मोटरहेड मोटरसाईकल सोरुम सन्चालनमा आएको छ ।

मोटरहेड मोटरसाईकलको आधिकारिक विक्रेता एस एल आर टेक्नो एण्ड ट्रेडको डिलरसिप मल्टि स्टार मोटर प्रा.लि. पोखरा ५,पर्स्याङमा खुलेको हो ।

सोरुमको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोईरालाले हालै एक कार्यक्रमविच उद्घाटन गरे ।

उद्घाटनको अफरमा कम्पनीले मोटरहेडका प्रत्येक बाईकको खरिदमा एक वर्षको रोड ट्याक्ससहित हेलमेट, टिर्सट,तेस्रो पक्ष विमा, आठ वटा फ्रि सर्भिस समेत दिएको छ ।

साथै स्योर सट दश हजार नगद छुट समेत दिईने मल्टि स्टार प्रा.लिका निर्देशक हिमाल गुरुङले जानकारी दिए ।

सोरुममा हाल ६ थरि मोडलका मोटरसाईकल उपलव्ध रहेका छन्, जसमा टेक्कन २५०, स्पोर्ट २५०, स्क्रयाम्वर २५०, एक्सटर्क २५०, एम एच २००, एक्स एमएच १५० रहेको एस एल आर टेक्नो एण्ड ट्रेड प्रा।लिका विजनेश डेभलेप्मेन्ट हेड साईमन रसाईलीले जानकारी दिए ।

उनका अनुसार यिनीहरुको वजार मूल्य रु.२ लाख ७८ हजार देखि ४ लाख ५० हजार सम्ममा उपलव्ध हुनेछन् ।

एस एल आर टेक्नो एण्ड ट्रेडबाट उपलव्ध गरिएका बाईकहरु नेपालको भौगोलिक बनावटलाई लक्षित गरि बजारमा ल्याईएको रसाईलीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा कास्की मोटरसाईकल वर्कसप एशोसियसनका अध्यक्ष प्रेम गिरी, मल्टि स्टार मोटर्स प्रा.लि.का सिईओ विशाल बास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन एकिन गुरुङले गरेका थिए ।