राष्ट्रिय एकता दिवसमा राष्ट्रिय विदा नदिनु दुःखद

पोखरा ।

राष्ट्र निर्माता बडामहाराजधिरात पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्तीको अवसरमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएको छ ।

विगतका वर्षहरुमा झै यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले राष्ट्रिय एकता दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य कुल बहादुर गुरुङ कुलुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको शालिक उचित सम्मानका साथ पृथ्वीचोकमा राख्न सरकारसँग जोडदार माग गर्दै २७ गते सरकारले राष्ट्रिय विदा नदिनु दुःखद भएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य जयलाल पुन, नारायण गुरुङ, सिता खड्का, बरुणबिक्रम राणा, हिन्दु महासंघका उपाध्यक्ष डमरु पौडेल लगायतले बोल्नुभएको पार्टीका प्रचार विभाग केन्द्रीय सदस्य सुर्य बास्तोलाले जानकारी दिनुभयो ।

कास्कीका कार्यवाहक अध्यक्ष गणेश बहादुुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष विष्णु कार्की र संचालन सचिव हरि प्रसाद बरालले गर्नुभएको थियो ।