कृषक पाठशाला सञ्चालनका आम भेला

पोखरा ।

कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं. ४ लाहाचोकमा कृषक पाठशाला सञ्चालनका लागि आम भेला अन्तर्गत पहिलो तयारी बँैठक सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि माछापुच्छे« गाउँपालिकाका उपाध्यक्ष कृष्ण कुमारी दवाडीले कृषक पाठशाला पहिलो भएको बताउदैँ कृषक र स्थानिय सरकारको सहकार्यमा कृषक उत्थान कार्यक्रम गरिने बताउनु भयो ।

माछापुच्छे« गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष पूर्ण बहादुर शाहीले कृषकको पहिचान गरी तालिममा सहभागी गराएमा मात्रै तालिम फलदाइ हुनेमा जोड दिदैँ दूध उत्पादक कृषकलाई प्रति लिटर २ रुपैँया अनुदानको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै पशु प्राविधिक पुष्पराज अधिकारी, हिमशिखर दुग्ध सहकारीका नारायण पौडेल, माछापुच्छे« गाउँपालिका पशु महाशाखाका संयोजक रामचन्द्र पौडेल, कार्यपालिका सदस्य हिरा सुनारले बोल्नु भएको थियो ।

कार्यक्रमको समन्वय देउराली पशुपालन समुहले गरेको थियो भने आयोजना नेपाल लाईभष्टक ईनोभेशनको रहेको थियो । पाठशाला ९ महिना सम्म सञ्चालन हुने छ ।