व्यापार मेलामा प्रकाश सपुतको विशेष प्रस्तुति

पोखरा ।

पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा विहीबार चर्चित लोकगायक प्रकाश सपुतको विशेष प्रस्तुति रहने भएको छ । पछिल्लो समय गलबन्दी बोलको गीतले चर्चित बनेका सपुतलाई आधुनिक÷पपतर्फका प्रकाश राना, माया राना,प्रश्न ब्याण्ड तथा लोकगायकहरु ज्योति लोहनी, कृष्ण सुवेदी, सजना बास्तोला,शंकर पन्त, दुर्गा क्षेत्री,सन्तोष सुवेदी,जुना क्षेत्रीलगायतले साथ दिनेछन् । यसैगरि पूर्ण थापा र रवि डंगोलको हाँस्य प्रस्तुति पनि विहीबारको आकर्षणको रुपमा रहेको सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए ।

बुधबार बालगायिका कमला घिमिरेको विशेष प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दियो । यसैगरि आधुनिक÷पपतर्फ विक्रम बराल,प्राप्ति तुलाचन, राज सिग्देल,लोकदोहोरीतर्फ कमला घिमिरे ( बालगायिका), सरिता सारु मगर,सरस्वती परियार,पूर्ण परियार, रामजी पौडेल, अम्बर धिताल, टेक क्षेत्री तथा हाँस्यतर्फ पुर्खे बा ( पुरुषोत्तम भण्डारी)को प्रस्तुतिमा पनि अवलोकनकर्ता रमाए । संघका महासचिव अर्जुन पोखरेलका अनुसार बुधबारसम्म करिब ५० हजारले मेलाको अवलोकन गरेका छन् ।

बुधबार प्रवेश टिकटमा लक्की ड्रमार्फत प्याराग्लाइडिङ उडान टिकट नम्बर ७८५६ लाई र टिकट नम्बर ४५९२ फ्रिज उपहार प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वर्दन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।समृघि स्टिल्स मेलाको मुख्य प्रायोजक हो भने हिमशिखर कृष्ति सहकारीको उपकार ब्राण्डले मेलाको सहप्रायोजन गरेको छ ।

मेलासँग नेपाल टेलिकम,गरिमा विकास बैंक ,एनएमबि बैंक,गोल्छा अर्गनाइजेसन,एनआइसी एसिया बैंक,कुमारी बैंक,हिमश्री फुड्सको रारा चाउचाउ,बरुण बेभरेज,विजय डिष्टिलरी,हाइलाइफ फुड प्रोडक्ट,सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन् ।मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट रहेको छ । मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि,स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ ।