विन्दवासिनी वचत तथा ऋण सहकारीमा पुनः सुवर्णमान नकर्मी

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजारमा रहेको विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिका साधारण सभा तथा तेश्रो अधिवेशनले ४ वर्षे कार्यकालको लागि सुवर्णमान नकर्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा पार्वती वराल, सचिवमा गंगाधर सुवेदी, कोषाध्यक्षमा विपना मल्ल, सहसचिवमा ख्यामनाथ अधिकारी र सदस्यहरुमा केशबबहादुर भण्डारी, कृष्णमान श्रेष्ठ, विनोदकुमार थकाली, अञ्जु अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यसै गरी सन्तोषकुमार रानाभाटको संयोजकत्वमा सदस्यहरु रामचन्द्र पौडेल र वलभद्र नकर्मी रहेको लेखा समिति चयन गरेको छ ।

साधारण सभाको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मीना गुरुङले उद्घाटन गरेकी थिईन । सल्लाहकार केशवराज भण्डारी, गजेन्द्रमान भारी र शेयर सदस्यहरुको तर्फबाट नीरा श्रेष्ठलगाएतले वोलेका थिए । सो अवसरमा जेष्ठ शेयर सदस्य दरीकुमारी गुरुङ, उत्कृष्ट कारोवार कर्ता सन्तोषमान माकाजु, उत्कृष्ट कर्मचारी देवुकुमारी क्षेत्री कार्कीलाई दोसल्ला तथा सम्मानपत्र द्धारा सम्मान गरीएको थियो ।

अध्यक्ष सुवर्णमान नकर्मीले सहकारीले हरेक वर्ष नयाँनयाँ सेवा सुविधा थप्दै शेयर सदस्यहरुलाई मुनाफा दिन प्रतिवद्ध रहेको वताउँदै हाल संस्थाको शेयर पुंजि १ करोड १९ लाख भन्दा वढि पुगेको वताएका थिए । संस्थाले आर्थिक कारोबार मात्र नगरी उत्पादनसील क्षेत्रमा लगानी गर्र्दै आएको र सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्यहरु गर्दै आएको प्रबन्धक सुनिल केसीले वताए ।

सभाले कार्यबाहक कोषाध्यक्ष कृष्णमान श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो । संस्थाका अध्यक्ष सुवर्णमान नमर्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव गंगाधर सुवेदीले गरेका थिए भने स्वागत उपाध्यक्ष पार्वती वरालले र सहकारीको सात सिद्धान्त वाचन कर्मचारी प्रतिक्षा गुरुङले गरेकी थिइन ।