व्यापार मेलाले गति लियो, शनिबार मेलामा भीडभाड

पोखरा ।

पोखराको नयाँबजारमा शुक्रबारबाट सुरु भएको मेलाले गति लिएको छ । शुक्रबार झरीले अवरोध गरेपछि समृद्धि स्टिल्स औद्योगिक व्यापार मेलाको उद्घाटन आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनमा नै आयोजना गरिएको थियो । शनिबार भने मेलास्थलबाटै सम्पूर्ण कार्यक्रम सुरु भएको संघका अध्यक्ष दामु अधिकारीले जनाए । झरी परे पनि उद्घाटन कार्यक्रममा करिब १ सय वटा आमा समूह, टोल विकास ंसंस्थासहित उद्योगी÷व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार शनिबार मात्रै करिब १५ हजारको हाराहारीले मेलाको अवलोकन गरेका छन् । शनिबारबाटै खुल्ला एकल नृत्य, पञ्चेबाजालगायतका प्रतियोगिता पनि सुरु भएका छन् । शनिबार भएको एकल नृत्य प्रतियोगिताबाट सोनिका गुरुङ तथा अनिल परियार दोस्रो चरणमा पुगेको संघका सांस्कृतिक उपसमितिका संयोजक सोवित पौडेलले जनाए । शनिबार प्रजापति पराजुली लगायतका कलाकारको लोकदोहोरीले पनि सहभागिहरुलाई भरपुर मनोरञ्जन दिएको थियो ।

शनिबार मेलाको प्रवेश टिकटमा हनुमान प्याराग्लाइडिङको तर्फबाट राखिएको १० हजार बराबरको प्याराग्लाइडिङ उडान टिकट नम्बर ४३८ र वाटर डिस्पेन्स टिकट नम्बर १२९४ नम्बरलाई प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जनाए ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वर्दन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।

समृद्धि स्टिल्स मेलामा जोडिँदा मेलाको नाम ’समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला –२०७६, पोखरा’ भएको हो । यो मेलाको सहप्रायोजकमा हिमशिखर कृषि सहकारी संस्था लिमिटेडको उपकार ब्राण्ड जोडिएको छ ।

यसैगरि मेलासँग नेपाल टेलिकम,गरिमा विकास बैंक ,एनएमबि बैंक,गोल्छा अर्गनाइजेसन,एनआइसी एसिया बैंक,कुमारी बैंक,हिमश्री फुड्सको रारा चाउचाउ,बरुण बेभरेज,विजय डिष्टिलरी,हाइलाइफ फुड प्रोडक्ट,सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन् । मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट रहेको छ ।

मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि,स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ ।

मेलाअन्तर्गत आइतबार आधुनिकतर्फ सन्तोष बस्याल, बबि सुनार ,निष्कर्ष ब्याण्ड तथा लोकदोहारीतर्फ शिरिष देवकोटा ।सरला पाण्डे,तारापति सुवेदी,निशा पोखरेल,निश्चल थापा मगर,कमला गैरे एवं हाँस्य प्रस्तुति दीपक थापाको रहने सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले बताए ।