भाषा संघ नेपाल कास्कीकाे अध्यक्षमा श्रेष्ठ

पाेखरा । भाषा संघ नेपाल (लान) कास्कीकाे अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ निर्विराेध चयन भएका छन् ।

शुक्रवार सम्पन्न संघकाे चाैंथाे वार्षिक साधारणसभा तथा तेस्राे अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

यस्तै अधिवेशनले संघकाे प्रथम उपाध्यक्षमा पुर्णचन्द्र न्याैपाने, द्वितीय उपाध्यक्षमा श्रीजन भान्साकार्य, महासचिवमा माेती श्रेष्ठ, सचिवमा बालकृष्ण शर्मा र काेषाध्यक्षमा निलम श्रेष्ठलाई चयन गरेकाे छ ।

यस्तै गरी सदस्यमा सराेज थापा, पुर्णकुमारी गरुङ्ग, ताेपबहादुर थापा,विकास गाैतम, सविता शेरेचन र कृष्णप्रसाद आचार्य चयन भएका छन् ।

कार्यक्रमकाे उद्घाटन समाराेहमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले नेपालकाे शिक्षा नीति व्यवहारिक हुनुपर्ने बताए ।

उनले गण्डकी प्रदेशभित्र पनि ल्याएर शिक्षा क्षेत्रका सबै नितिहरुलाई सहजीकरण गर्नुपर्ने जाेड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि ईक्यान कास्कीका अध्यक्ष
भुवन क्षेत्रीले नेपालकाे शिक्षा नीति जनतामुखी हुन नसकेकै कारण शैक्षिक क्षेत्रले आशातित फड्काे मार्न नसकेकाे बताए ।

उनले राज्यकाे शैक्षिक नीति व्यवसायिक हुन नसकेकै कारण वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी तथा सहजीकरण गर्ने कन्सल्टेन्सीहरु पनि समस्या हुने गरेकाे जनाए । जसका लागि उनले राज्यले नै शैक्षिक नितीमा सुधार गर्नुपर्नेमा जाेड दिए  ।

भाषा संघ नेपाल जापानिज भाषालाई मात्र विशेष जाेड दिने कन्सल्टेन्सीहरुकाे साझा संस्था हाे । याे संस्थामा कास्की जिल्लाका ४१ कन्सल्टेन्सीहरु आवद्व छन् ।