२१ औं पोखरा सडक महोत्सवको तयारी पुरा

पोखरा ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुन लागेको २१ औं पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजन समितिले जनाएको छ ।

रेवान पोखराले बिहिबार महोत्सव स्थल कोमागाने पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको तयारी पुरा भएको जानकारी दिइयो । शनिबार दिउँसो पर्यटन मन्त्रि योगेस भट्टराईले कोमागाने पार्कमा महोत्सवको उद्घाटन गर्नेछन् । त्यसअघि खहरेचोकबाट विभिन्न साँस्कृतीक झाँकि सहितको र्यालीले तीन किलोमिटर क्षेत्र पैदलयात्रा गर्दै कोमागाने पार्कमा आएर उद्घाटन समारोहमा परिणत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका सह–संयोजक योगेश भट्टराईले यसपटकको महोत्सवमा भारतिय तथा पाकिस्तानका साँस्कृतिक समुह, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रमहरु, अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी लगायत आकर्षणका रुपमा रहने जानकरी दिए । त्यसैगरि बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुतितर्फ सविन राई, कर्म व्याण्ड, अभए एण्ड स्टिम इन्जस, लाह्रे, माउण्ट ८८४८ को प्रस्तुती रहने पनि उनले बताए ।

त्यस्तै, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, वद्री पंगेनी, प्रीति आले, राजन गुरुङ्ग, टिका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, पशुपती शर्मा, संझना भण्डारी, कुमार पुन, पार्वति जिसि, हास्य कलाकारहारु पोख्ररेली माग्ने वुढा, दिवाकर भण्डारीको समुह, मनोज गजुरेल र पुर्खे बा लगाएका कलाकारको प्रस्तुत रहने साँस्कृतीक अर्का सह–संयोजक बसन्त गौतमले जनाए ।

महोत्सवलाई प्रत्यक्ष रुपमा झण्डै ५ लाख अवलोकनकर्ताले अवलोनक गर्ने अनुमान रहेपनि यसको ठ्याक्कै आँकडा भने नरहेको प्रचार–प्रसार समितिका संयोजक विश्वराज पौडेलले बताए । रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले महोत्सव आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै यसको प्रचार प्रसारमा सहयोग गर्न मिडियालाई आग्रह गरे । रेवान पोखराका पूर्वाध्यक्ष चौबहादुर गुरुङ्ग, सचिव विकास भट्टराईलेपनि सडक महोत्सवको वारेमा जानकारी दिएका थिए । अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले हरेक वर्ष ‘सडकमै खाउँ, सडकमै नाचौं सडकमै रमाऔं’ भन्ने मुलनाराका साथ महोत्सव आयोजना गर्दै आएको छ ।