विन्ध्यवासिनीका विद्यार्थीद्वारा सरसफाई

पोखरा ।

वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विका विद्यार्थीले आफ्नो क्षेत्रमा सरसफाई गरेर उदाहरणिय काम गरेका छन् ।

विद्यार्थीलाई सामाजिकीकरण गराउने उद्घेश्यले कक्षा १० मा अध्ययनरत विद्यार्थीको सहभागितामा कालिका मन्दिर, विद्यालय परिसर, वडा कार्यालय र मैदान क्षेत्रमा जथाभावी फालिएका प्लाष्टिक जन्य वस्तुहरु संहलन गर्नुका साथै अन्य फोहोरजन्य वस्तुको व्यवस्थापन गरिएको विद्यालयका सुचना अधिकारी रामवहादुर वानियाले जानकारी दिनुभयो ।

विद्यार्थीले त्यस क्षेत्रका स्थानियलाई जथाभावी फोहोर नफाल्न र समुचित रुपमा वर्गिकरण गरेर व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

यसअघि विद्यालयका प्रधाानाधयापक कृष्णप्रसाद आचार्यले विद्यार्थीलाई फोहोर संकलन सामाग्री हस्तान्तरण गर्दै यो कार्य सरानिय रहेको भन्दै प्रशंसा गर्नुभयो ।कार्यक्रमको संयोजन सुचना अधिकारी रामवहादुर वानिया, शिक्षक सुशील देवकोटा र विद्यार्थी सुशशन्त गायकले गरेका थिए ।