परोपकार महासंघमा अधिकारी

पोखरा ।

राष्ट्रिय परोपकार महासंघले पोखरा महानगरपालिका वडा नं ७ एकाईको कार्यसमिति अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हेमन्त अधिकारीको अध्यक्षतामा १३ सदसिय समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा शारदा भट्टराई, सचिबमा राम मोहन आचार्य, कोषाध्यक्षमा ठाकुर प्रसाद बराल, सदस्यहरुमा केदार नाथ बराल, सरोज नारायण बराल, टिका निधी बराल, नारायण तिमिल्सिना, छत्रकुमारी बराल, मधु अधिकारी, पार्वती बराल, कमला लामिछाने, नारायणी बराल रहेका छन् ।

भेलाले मिना आचार्यको अध्यक्षतामा वडा नं. ७ नारी एकाई समिति समेत गठन गरेको छ। जसको सदस्यहरुमा कमला बराल, मनमाया पौडेल बराल, चन्द्रकला पोख्रेल, उमा बराल, टिका देवी अधिकारी, महाकाली बराल र पवित्रा जिसी रहेका छन् । नवनिर्मित कार्यसमिति पदाधिकारीलाई राष्ट्रिय परोपकार महासंघका सस्थापक भागवत भाष्कर पण्डित कमल नयन गौतमले सपथ ग्रहण गराउनुभयो।

उक्त भेलाले पुस्करेस्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बराल, समाजसेवी वाल कृष्ण बराल, टेकनाथ बराल, जिवनेस्वरी जिसी र दुर्गा अधिकारीलाई सल्लाहाकार चयन गरेको छ। वडा नं. ७ मासबार सफलता चोक स्थित पुस्करेस्वर महादेव मन्दिरमा सम्पन्न उक्त कार्यक्रममा वडा नं ७ मा रहेका राष्ट्रिय परोपकार महासंघका आजीवन सदस्यहरुलाइ प्रमाण वितरण गरिएको थियो ।