आर्थिक सम्बन्ध विस्तारबारे छलफल

पोखरा ।

पोखरा चेम्बर अफ कमर्स कास्कीलेनेपालका लागि वंगलादेशका राजदुत माशफी बिन्ट शाम्सको सम्मानमा बुधबार स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा राजदुत शाम्सले नेपालबाट वंगलादेश निर्यात हुने बस्तुहरुका सुन्तला, स्याउ र मौलिक हस्तकलाका समानहरु लोकप्रिय रहेको बताइन् ।

उनले वंगलादेशबाट रेडिमेट गार्मेन्टका सामानहरु नेपाल आयात हुने जनाइन् । राजदुत शाम्सले बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदको नेपालको भ्रमणले पर्यटन प्रवद्र्धनमा सघाएको दावी गरिन् । करिब ३७ हजार बंगालादेशका नागरिकले नेपाल भ्रमण गरेको जानकारी दिदै उनले आगामी दिनमा अधिकांस वंगालादेशका नागरिकले नेपाल भ्रमण गर्ने विश्वास व्यक्त गरिन् ।

पछिल्लो १० वर्षको अवधीमा वंगलादेशको आर्थिक बृद्धिदर उच्च रहेको उनले बताइन् । गण्डकी प्रदेश जलविद्युत उत्पादनका दृष्टिले प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले प्रदेशले वंगलादेशको सामाजिक तथा आर्थिक सुधारबाट धेरै पाठ सिक्न सक्ने धारणा राखिन् ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले मुलुकको निर्यातयोग्य उत्पादनको प्रवद्र्धन र अन्तराष्र्टि«य बजारमा पहँुच बढाउन चेम्बरले कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङ, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी, वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडल, महासचिव उमराज बास्तोला, अन्तराष्र्टि«य विभाग प्रमुख रविबहादुर विक, टान पोखराका अध्यक्ष हरि भुजेल लगायतले मन्तव्य राखेका थिए ।