पोखरामा एशियन फोरमले आप्रवासन दिवस मनायो

पोखरा ।

एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम) गण्डकी प्रदेश समिति तथा कास्की जिल्ला समितिले सम्युक्त रुपमा बुधबार आप्रवासन दिवस अन्तरक्रिया कार्यक्रम गरी पोखरामा मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कस्केली अधिकृत समाज कास्कीका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले कार्यक्रमको उद्घाटन गर्दै औद्योगिककरण, विश्वव्यापिकरण तथा ग्लोवल भेलेज, सूचना र संचारको पहँुचसंगै अन्तर्रािष्ट्रय स्तरमा आप्रवासीको संख्या बढ्दै गएको वताउँदै विश्वका झण्डै २७ करोड मानिस आप्रवासीका रुपमा रहेका र सय भन्दा बढि देशहरुमा नेपालीहरु पुगेका वताए ।

उनले नेपालबाट वर्सेनी पाँच लाखभन्दा बढि वैदेशिक रोजगारमा जाने गरेकाले विदेशी नागरिक भएका कारणले विभेद नहोस्, न्यूनतम् मानव अधिकार कायम होस् बैदेशिक रोजगारमा जाँदा न्यूनतम जानकारी शुलभ हुनुपर्ने, सरकारी तवरवाट नीतिनियम कानून सहज सरल बनाउँदै स्वदेश फर्कने वातावरण वनाउनुपर्ने वताए ।

कार्यक्रममा ग्लोबल आईएमई बैंक पोखरा न्युरोड शाखाका प्रबन्धक अरुण भाटले वैदेशिक रोजगारीले देशको अर्थतन्त्रमा पारेको सकरात्मक पक्षको वारेमा वोल्दै पहिलेको भन्दा अंकमा बढि रेमिट्यान्स आएको देखिए पनि अनुपातमा घट्दै गएको धारणा राखेका थिए ।

एशियन फोरमका गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण वाँनियाले आप्रवासीहरु जुन देशमा रोजगारी तथा जीबिकोपार्जनका लागि अन्य देशमा जाने र बस्ने प्रक्रियालाई आप्रवासन भनिने र एशियन फोरमले स्वदेशमा युवालाई स्वरोजगार वनाउन पहल गर्दै आएको वताए ।
एशियन फोरमका कास्की जिल्ला अध्यक्ष तीलक थापाले सन् १९९० मा संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय महासन्धि पारित गरे पछि सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउदै आएकोमा नेपालमा पनि एशियन फोरमले कार्यक्रम गर्दै आएको वताए । उनले विगत १५ वर्षदेखि एशियन फोरमले गरेका सामाजिक कार्यको वारेमा स्पष्ट पारेका थिए ।

फोरमका जिल्ला अध्यक्ष तीलक थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष पार्वती पौडेल रेग्मीले र कार्यक्रम संचालन गण्डकी प्रदेश सचिव कृष्ण बहादुर रानाभाटले गरेका थिए ।