पिपिएल क्रिकेट स्बाबरको उत्कृष्ट ब्याटिङमा चितवनको जित

पोखरा ।

मंगलबार पोखरामा भएको पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजित गर्दै विजयी शुरुआत गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो । पोखराले दिएको १०८ रनको सामान्य लक्ष्य चितवनले १४ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै भेटायो । चितवनको जितमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले ।

४२ बल खेलका उनले ६ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६६ रनको योगदान दिए । त्यस्तै सन्नी पटेलले २२ तथा रोहन मुस्ताफाले ११ रन जोडे । बलिङतर्फ पोखराका राशिद खान र सर्वो्जित लड्डाले समान २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा १० विकेट गुमाएर १०७ रन बनाएको थियो ।

उसका लागि कप्तान शरद भेषवाकरले सर्वा्धिक ४५ रनको योगदान दिए । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । त्यसैगरी कुशल मल्लले १३ रन जोड्दा आसिफ शेख, राशिद खान र रवि इन्दर सिंहले समान १०÷१० रन जोडे । दुई खेल खेलेको पोखराले एक खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ ।