‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलतर्फ प्रि क्वाटरका खेलहरु जारी

पोखरा ।

निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याब्सन स्पोर्टस मिट–२०७६’ मा सिनियर तथा जुनिएर छात्र तर्फ फुटबलका प्रि क्वाटरका खेलहरु जारी रहेका छन ।

बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टस मिटमा शनिबार सिनियर तथा जुनियर छात्र तर्फ फुटबलका खेलहरु जारी रहेका छन । सिनियर छात्र तर्फ सम्पन्न खेलमा धौलागिरी, टप्स, स्टेप बाई स्टेप, शान्तीदिप, कन्चनजंघा, बालकल्याण, जिसिए, मेरी गोल्ड, हार्वड र ग्लोबल बिजयी भए ।

आज भएको खेलमा धौलागिरीले प्रगतीलाई ३–० ले, टप्सले सगरमाथालाई ७–० ले, स्टेप बाई स्टेपले टाइब्रेकरमा भाष्कर मेमोरियललाई ५–४ गोलले, शान्तीदिपले पोखरा एकेडेमीलाई १–० ले, हार्वडले पश्चिमाञ्चललाई ४–० गोल अन्तरले पराजित गरको छ ।

यसै गरि सिनियर तर्फ नै कन्चनजंघाले न्यू मोडललाई १–० ले पराजित गर्दा बालकल्याणले कृशल श्रेष्ठको ह्याट्रिकमा न्यू मोडललाई ३–० गोलले पराजित गरेको छ भने जेसिएले गोल्डन फ्यूचरलाई १–० ले, मेरी गोल्डले पोखरा युनाइटेडलाई १–० गोलले र ग्लोबलले गुरुकुललाई ६–० को भारि गोल अन्तरले पाखा लगाउँदै दोश्रो चरणमा प्रवेश गरेको छ ।

यता छात्र जुनियर तर्फ शान्तीदिप, पोखरा यूनाइटेड, रेन्वो एकेडेमी, ज्ञानुबाबा, प्रगती, शिसु कल्याण, ग्लोबलल नवदिप र नेपाल आदर्श विजयी भएका आ–आफ्ना खेल जितेको प्याबसन कास्कीका सचिब विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा तर्फ १७ टिमको सहभागिता रहेको छ । यहि मंसिर ३० गते बाट पोखरा रंगशालामा भलिबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु संचालन हुनेछन । प्यावसन स्पोर्टस मिटको औपचारिक उद्घाटन पुस १ गते पोखरा रंगशालामा हुनेछ ।

पोखरामा १० दिन सम्म निरन्तर चल्ने प्याबसन स्पोर्टस मिटमा दैनिक १० हजार भन्दा बढि विद्यार्थी अभिभावक र अन्य दर्शकहरुले अवलोकन गर्ने प्याबसन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले बताएका छन ।

कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।