शैक्षिक प्रदर्शनी अवलोकन गर्न जिल्ला वाहिरका विद्यार्थी सहभागि

पोखरा ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीमा जिल्ला वाहिरका विद्यालयका विद्यार्थीले पनि अवलोकन गर्न आएका छन् ।

पोखरा प्रदर्शनीमा जारी शैशिक प्रदर्शनी अवलोकन गर्न बिहीवार गैगाकोटबाट सूर्यविनायक इंङ्लिस सेकेण्डरी वोर्डिड्ड स्कूलका विद्यार्थी आएका छन् । विद्यार्थीलाई केहि सिकाइ होस् भन्ने हेतुले विद्यार्थीलाई शैशिक्षक प्रदर्शनी अवलोकन गर्न ल्याएको सूर्य विनायक इंङ्लिस सेकेण्डरी वोर्डिड्ड स्कूलका शिक्षक किशोरकुमार मास्केले बताए ।

‘एन प्याव्सान कास्कीले आयोजना गर्ने शैक्षिक प्रदर्शनी हेर्न लायकको छ भन्ने सुनेर विद्यार्थी लिएर आएका हौं’ शिक्षक मास्केले भने,‘प्रदर्शनी अवलोकनले हामीलाई पनि थप सिकाइ भएको छ ।’ उनले शैक्षिक प्रदर्शनीको खुलेरै प्रशंशा गरे ।

बिहीवार नै कास्की जिल्ला अन्य निजि विद्यालयलका विद्यार्थीले पनि शैक्षिक प्रदर्शनी अवलोकन गरेका थिए । प्रदर्शनीमा शिक्षक अभिभावक र विद्यार्थीको भिड नै वढेको छ । प्रदर्शनी हेर्न आउने विद्यार्थी तथा अभिभावकहरु जिज्ञासु वने अवलोकन गरेका छन् ।

कक्षामा सिकेका र समाजमा देखेका विषयलाई मेहनत गरेर जस्ताको तस्तै समाग्री प्रदर्शनीमा राखेकोले पनि सवैको नजर शैक्षिक प्रदर्शनीमा परेको छ । चार दिने बृहत् शैक्षिक प्रदर्शनीमा कास्कीका ३१ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् ।

शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधी, सामाजिक अध्ययन, भाषा अङ्ग्रेजी र नेपालीका विषयगत विधाहरू रहेका छन् । प्रदर्शनीमा प्रथम द्धितीय तृतीय र सान्त्वना हुनेले ट्रफी प्राप्त गर्नेछन् ।

प्रदर्शनीमा अवलोकन गर्न आउनेको भिडले गर्दा विद्यार्थीलाई थप उत्साहित बनाएको एन प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । ‘शैक्षिक प्रदर्शनी अवलोकन गर्न वाहिर जिल्लाका विद्यालय विद्यार्थी पनि आएकोले आयोजक र सृजना गर्ने विद्यार्थी उत्साहित भएका छौं’ अध्यक्ष अधिकारीले भने,’समग्र रुपमा शैक्षिक प्रदर्शनी सफल भएको छ ।’
त्यसैगरी शुक्रबार लोकनृत्य प्रतियोगिता गरिने छ । लोकनृत्य ७ देखि १२ जनाको समूहमा प्रस्तुती राख्नेछन् । लोक भाषा संस्कृति झल्कने गितामा समूहमा प्रस्तुत गरिने प्रतियोगितामा पुरस्कारको पनि व्यवस्था गरिएको छ । लोक नृत्य प्रतियोगितामा ३९ विद्यालयले सहभागिता जनाएको छ ।

‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गरिएको प्रदर्शनी शुक्रबार सम्म प्रदर्शनीकेन्द्र नयाँवजारमा चल्ने छ ।

प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गराउदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनतर्फ अग्रसर गराउन एन प्याव्सान कास्कीले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक प्रदर्शनी तथा लोक नृत्य प्रतियोगिता गर्दै आएको छ ।