सागको पूर्वसन्ध्यामा सहाराको सरसफाई

पोखरा ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पूर्वसन्ध्यामा सहारा क्लब पोखराले सरसफाइ कार्यक्रम गरेको छ । क्लबले शनिबार बिहान पृथ्वीचोकदेखि चाइनापुल क्षेत्रसम्म सरसफाइ गरेको हो । सरसफाई कार्यक्रम अभियानको सुरुआत राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले गरेका हुन् ।

उनले भने, ‘पोखरालाई सागमय बनाउन पनि रंगशाला वरिपरि सरसफाइ सुरुआत गरेका हौं ।’गुरुङले क्लबले सामाजिक र खेलकुद क्षेत्रमाठूलो योगदान पु¥याएको बताए । ‘साग अवधिभर आ–आफ्नो टोल क्षेत्रमा सरसफाई गरी विदेशी पाहुना तथा खेलाडीलाई स्वागत गरौं,’ उनले भने । मंसिर १५ देखिसुरु हुने साग अन्तर्गत पोखरामा ८ खेल हुने छन् ।

बिहीबार नै पृथ्वीचोकदेखि रंगशाला प्रवेशद्वार सम्म नेपालको झन्डा फहराइएको छ । २८ वटा नेपालको झन्डा विभिन्न बिजुली पोलमा राखिएको हो । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाको नेतृत्वमा भएको सरसफाई अभियानमा पूर्व अध्यक्ष विक्रम थकाली लगायको उपस्थिति थियो ।