पौडेललाई सांसद वनाएर संसदमा लिएर जाने दावी

पोखरा ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की २ का काँग्रेसका चुनावी कमाण्डर डा.मिनेन्द्र रिजाले खेमराज पौडेललाई सांसद वनाएर संसदमा लिएर जाने दावी गरेका छन् ।

नेपाल प्रेस यूनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै रिजालले भ्रष्टाचार, वलात्कार र महंगीविरुद्ध कास्कीका जनताले रुखमा मतदान गर्ने दावी गरे । यो पटकपक्कै जित्छौ उनले भने, यसपटक संसद वनाएर नै लिएर जान्छु ।

ने.क.पा ले आयोजना गरेको चुनावी सभामा काँग्रेसका उम्मेदवारको उमेर माथिको टिप्पणीले काँग्रेसका उम्मेदवारको उचाई वढेको दावी गरे । उनले भने ८० वर्षका स्व.गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याएकाले संसदमा पनि पाको उमेरका पौडेलको आवश्यकता महसुस गरेको घुमाउरो टिप्पणी गरेका हुन । प्रचण्डले स्व.गिरिजाको स्मरण गर्दै पौडेलको आवश्यकता महसुस गरेको उनको भनाई थियो । दुई हप्तादेखि निर्वाचनको तयारीका लागि पोखरा रहेका नेता रिजालले खेमराज निष्ठाको सगरमाथा भएकाले सवैले रुचाएको उल्लेख गरे ।

कम्यूनिष्ट सरकारले संवैधानिक परिषद माथि हस्तक्षेप गरेर लोकतन्त्रलाई सिद्धाउने खेलमा लागेको वताए । संविधान र लोकतन्त्रलाई जोगाउनका लागि पनि उपनिर्वाचनमा काँग्रेसको जीतेको सन्देश जानु आवश्यक छ ।

उनले निर्वाचनको निष्पक्षता माथि प्रश्न उठने गरी कुनै पनि गतिविधी नगर्न निर्वाचन आयोग र सरकारलाई चेतावनी दिएका छन । उनले भने तिनै तहका निर्वाचन काँग्रेसको नेतृत्वमा सम्पन्न भयो तर कसैले औलो ठडाउन सकेन । उनले भने आफु हार्ने जान्दा जान्दै पनि काँग्रेसले निष्पक्ष निर्वाचन गराएको वताए ।

नेपाल प्रेस यूनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलले संचालन गरेको थिए ।