सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा ।

पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आवद्ध छन् ।

अग्रज पत्रकार हरि बास्तोला संयोजक र डा. नवराज पौडेल, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार दीपक परियार र स्वास्थ्य पत्रकार यदुनाथ बञ्जारा रहेको छनोट समितिले सुरेन्द्रलाई पुरस्कार दिने निर्णय गरेको हो । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा र यदुनाथ बञ्जारा सम्मानित भइसकेका छन् ।

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना गरेको यो पुरस्कार मंसिर २३ गते हुने युआरएलको छैटौं वार्षिकोत्सव समारोहमा वितरण गरिने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।