पोखरा टे«ड मलको दशैँ तिहार बम्पर बिजेताको छनौट

पोखरा ।

पोखराको चिप्लेढुंगामा रहेको पोखरा टे«ड मलले २०७६ असोज ५ गते देखी मंसिर ४ गते सम्म संचालन गरेको ‘दशैँ तिहार उत्सव–२०७६’ कार्यक्रमको आज एक भब्य कार्यक्रमका बिच बम्प्पर उपहार बिजेताको छनौट गरेको छ ।

पोखरा ट्रेड मलले नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् तथा छठ लगायत चाड पर्बहरुको शुभ अवसरमा ग्राहक महानुभाबहरु लक्षित दशै तिहार उत्सव– २०७६ कार्यक्रम २०७६ असोज ५ गते देखी मंसिर ४ गते सम्म संचालन गरेको थियो । यो समयावधिमा टे«ड मलमा रहेका जुनुसुकै पसलबाट ५ सय रुपैयाँ बराबरको किनमेल गर्नेहरु ग्राहक महानुभाबहरु यो उपहार योजनामा सहभागि भएका थिए ।

योजना अबधी भित्र ३ जना भाग्यशाली ग्राहक महानुभाबले रु १,५०००० सम्मको नगद उपहार प्राप्त गरिसकेका र ६ जना भाग्यशाली ग्राहकले डोकोभरी उपहार प्राप्त गरिसकेको पनि कार्यक्रममा जानकारी गराईयो भने अब आजको छनौट बाट एक जना भाग्य शाली ग्राहक महानुभाबले Yamaha FZ-S 1 बाईक तथा चौथो हप्ताको रु ५००००को बिजेता साथ साथै २ जना ले डोको भरी उपहार प्राप्त गर्ने जानकारी उत्सव व्यवस्थापन समितिका संयोजक श्री नबराज त्रिपाठीले गराउनु भयो ।

गण्डकी प्रदेश का माननीय सभासद् श्री बिन्दु कुमार थापा ज्यूको प्रमुख आथित्यतामा संचालन भएको समापन तथा बम्पर उपहार घोषणा कार्यक्रम मा पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष श्री रामराज कोईराला तथा वडा नं ४ का वडा अध्यक्ष श्री शंकर बास्तोलाले कार्यक्रममा दशै तिहार उत्सव – २०७६ सफलतापूर्बक सम्पन्न भएकोमा धन्यबाद प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा पोखरा ट्रेड मल एण्ड हाउजिङ्ग प्रा.लि.का प्रबन्ध संचालक श्री मिनराज काफ्ले ले स्वागत मन्तब्य राख्नु हुदै कार्यक्रमले ग्राहक महानुभाबहरुलाई उत्साह सिर्जना भएको र उपहार योजनामा धेरै भन्दा धेरै ग्राहकहरुको सहभागिता रहेको जानकारी गराउनु भयो । दशै तिहार उत्सव – २०७६ अन्र्तगत चौथो हप्ताको रु ५०००० हजार श्री नबराज सापकोटा तथा डोको भरी उपहार बिजेता श्री अनिता त्रिपाठी र मनिशा खनालले जित्नुभएको छ भने अन्तिम हप्ताको ५ जना डोको भरी उपहार बिजेता को कुपन नं क्रमशः २६८६३,४००८४,००४०१, २२७६६ र ७५१२४ रहेको छ । भने त्यसै गरि बम्पर उपहार Yamaha FZ-S1 बाईक ३७३६० नं को कुपन ले प्राप्त गर्नु भएको जानकारी गराईयो ।

उपहार माग दाबी सम्बन्धमा बिजेताले अर्धकट् िसहित १५ दिन भित्र पोखरा ट्रेड मलको कार्यालयमा सम्र्पक राख्नुहुन उत्सव व्यावस्थापन समितिका सचिव श्री माधव प्रसाद तिमिल्सीनाले अनुरोध गर्नुभयो । कार्यक्रममा पोखरा ट्रेड मल हाउजिङ्ग प्रा.लि. का संचालक ज्यूहरु, मल व्यावस्थापन समितिका संयोजक श्री रामकुमार श्रेष्ठ , कृष्ण प्रसाद काफ्ले, कास्की उद्योग बाणिज्य संघका प्रतिनिधी, टे«ड मल दिदी बहिनी समूहकी अध्यक्ष सीमा कोइरालालगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।