खड्काको श्रद्धाञ्जली सभा

पोखरा ।

नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) का संगठित सदस्य रामबहादुर खड्काको स्मृृतिमा नेकपाले श्रद्धाञ्जली सभा गरेको छ । कास्कीको साविक कालिका गाविस वडा नम्बर १ शान्ति मैदानमा जन्मिएका र हाल पोखरा १० माछापुच्छ«े टोल निवासी खड्काको निधन भएको नवौं दिनको पुण्य तिथिमा सोमबार नेकपा पोखरा २८ र १० वडा कमिटीले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरेका हुन् ।

कार्यक्रममा नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) गण्डकी सहइन्चार्ज खगराज अधिकारीले खड्का कम्प्युनिस्ट आन्दोलनको अभिभावक भएको बताए । उनले कम्प्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन खड्काले खेलेको भूमिकाको स्मरण गर्दै खड्काले कम्प्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्ने बताए । उनले खड्काको आत्माको चीरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।

कार्यक्रममा माछापुच्छे« टोल विकास संस्थाका उपाध्यक्ष जयराम आचार्यले खड्काको परिचय गराएका थिए । नेकपा वडा कमिटी २८ का अध्यक्ष भोलानाथ त्रिपाठीको अध्यक्षतमा भएको कार्यक्रममा पोखरा १० वडा कमिटी सदस्य राजु श्रेष्ठले रामबहादुरको योगदानका बारेमा चर्चा गरेका थिए ।

श्रद्धाञ्जली सभामा प्रदेश सांसद मनबहादुर गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर क्षेत्री, वडा नम्बर २८ अध्यक्ष निर्मलदियाली सुनार लगायत नेकपाका नेता, कार्यकर्ता सहभागी थिए । विगत ५ वर्षदेखि हड्डीको क्यान्सरबाट पीडित खड्काको मंसिर १ गते ६९ वर्षको उमेरमा निधन भएको खड्काका आफन्त दिनेशबाबु खड्काले जानकारी दिए । स्वर्गीय खड्काका श्रीमती, २ छोरा छन् ।