असल छिमेकी नेपालको छैठौ सामाजिक लेखाजोखा सम्पन्न

पोखरा ।

असल छिमेकी नेपालले छैठौ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष बिना शिलवालले गैरसरकारी सस्थाहरुले नेपाल सरकारको एउटा सहयोगिको रुपमा काम गरिरहेको बताउनुभयो ।

उहाँले सरकारले लिएको लक्ष्यमा सरकारकै निति नियममा आधारित रहेर समाजिक काम गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले असल छिमेकीले समाजमा आवश्यक पर्ने सेवाका काम गरेर राम्रो पहिचान बनाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रौतहट नगरपालिकाका प्रमुख धिरेन्द्र कुमार सिंह, कावासोती नगरपालिकाका प्रमुख चन्द्रा कुमारी पुन, जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किसोर जंग थापा लगायतले शुभकामना व्यक्त गर्नुभयो । असल छिमेकी नेपालले अहिले गोरखा, पर्वत, रौतहट, बारा पर्सा, नवलपुर र नवलपरासी मा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।

असल छिमेकी नेपालले बारा पर्सामा बाढी र हावाहुरी प्रभावितलाई राहात वितरण, गोरखामा जिविकोपार्जन सम्बन्धी कार्यक्रम र स्वास्थ्य संस्था एवं विद्यालय पुनर्निमाण, पर्वतमा पहिरो पिडित २२ घरपरिवारको घर पुनःनिर्माण, कास्की र नवलपरासीमा स्वास्थ्य तथा समुदाय शसक्तिकरण कार्यक्रम संचालन गरिरहेको असल छिमेकी नेपालका अध्यक्ष भरत बहादुर गुरुङले बताउनुभयो ।

कार्यक्रममा डा. कमल फुयालले सहजिकरण गर्नुभएको थियो । असल छिमेकी नेपालका कार्यकारि समितिका सचिव प्रकाश भुजेलले संचालन गरेको कार्यक्रम कार्यकारी अध्यक्ष भरत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।