अध्यक्ष थापालाई पितृशोक

पोखरा ।

पोखरा १६ वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामाजिक व्यक्तित्व चन्द्रा थापालाई पितृ शोक परेको छ । अध्यक्ष थापाका ७६ वर्षिय पिता पोखरा १९ पुरुञ्चौर निवासी मान व. अधिकारीको विहीवार निधन भएको हो ।

लामो समय दमवाट पिडित अधिकारी पुर्व राष्ट सेवक कर्मचारी समेत हुन । अधिकारीको हिन्दु परम्परा अनुसार स्थानिय सेतीघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । अधिकारीको पार्थिव शरिरमा उहाँका जेठा छोरा शकंर व. अधिकारीले दागवत्ती दिनुभएको थियो ।

यसअघि उनको पार्थिव शरिरमा विभिन्न संघ संस्थाका प्रतिनिधी एवं स्थानियले अन्तिम श्रद्घाञ्जली दिएका थिए । स्वर्गिय अधिकारीका श्रीमती, ३ जना छोरा र २ छोरी हुनुहुन्छ ।यसैविच अधिकारकिो निधनप्रति विन्ध्यवासिनी मा.विले गहिरो शोक व्यक्त गरेको छ ।