नयाँ शक्ति विद्यार्थी युनियनको राष्ट्रिय भेलाको तयारी तिव्र, प्रदेश न. ४ को प्रथम सम्मेलन मंगलवार पोखरामा

कमल बराल /पोखरा । नयाँ शक्ति विद्यार्थी युनियनको राष्ट्रिय भेलाको तयारी तिव्र पारिएको छ । आगामी भदौ २३, २४ र २५ गते हुने नयाँ शक्ति विद्यार्थी युनियनको राष्ट्रिय भेलाको तयारी तिव्र पारिएको हो ।

यसअघि संगठनलाई मजबुत र विद्यार्थीमाझ पु¥याउन देशै भरीका क्याम्पसहरुमा आधार सम्मेलन भैरहेका छन् भने भोलि मंगलवार प्रदेश न.४ को प्रथम ऐतिहासिक सम्मेलन भोलि पोखरामा हुने भएको छ । सम्मेलनमा नयाँ शक्ति विद्यार्थी युनियनका ३० वटा क्याम्पसका प्रतिनिधिहरु सहभागी हुनेछन् । पहिलो पटक हुने सम्मेलनमा हुने निर्वाचनबाट प्रथम अध्यक्ष पनि सम्मेलनबाट नयाँ शक्ति विद्यार्थी युनियनले पाउने जनाईएको छ ।

वैकल्पिक राजनीतिलाई आत्मसाथ गर्दै विगत २ बर्ष अगाडीबाट नेपालका पुर्व सफल प्रधानमन्त्री बाबुराम भट्टराईले सुरु गरेकोे नयाँ शक्ति अभियान हुँदै पार्टीको रुप लिएको १ बर्षमा उक्त पार्टीले सकारात्मक अभियानहरु संचालन गर्दै आएको छ । उक्त अभियानमा प्रमुख साथ विद्यार्थीहरुकोे रहेको विद्यार्थी नेताहरु बताउँछन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment