समृद्ध नेपालका लागि गाई चिन्हमा मतदान गरौंः उम्मेदवार भण्डारी

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की–२ उम्मेदवार रोम बहादुर भण्डारीलाई जिताउन चुनाव प्रचारप्रसार तिब्र पारिएको छ । चुनाव प्रचारप्रसार अन्तर्गत शुक्रबार पोखरा वडा नं. ९ का विभिन्न क्षेत्रहरुमा घरदैलो तथा पाँच ठाउँमा चुनावी कोणसभा सम्पन्न भएको छ ।

मंसिर १४ मा हुने उपनिर्वाचन चुनावमा मतदाता समेत धर्म जोगाउनका लागि भएपनि राप्रपा उम्मेदवार रोम बहादुर भण्डारीलाई जिताउनुपर्ने बताएका छन् । घरदैलो पछि नयाँबजारमा भएको चुनावी सभालाई बोल्दै उम्मेदवार भण्डारीले प्रजातन्त्र, राष्ट्रियता हिन्दुत्तव, उद्धार अर्थनीति सवल र समृद्ध नेपालको लागि गाई चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन समिति संयोजक जयलाल पून, केन्द्रीय सदस्य वरुण विक्रम राना, केन्द्रीय सदस्य शिव प्रसाद चालिसे जिल्ला सचिव हरी प्रसाद बराल लगायतले हिन्दुराज्य र सबैधानिक राजसंस्थाका लागि राप्रपा उम्मेदवार भण्डारीलाई ‘गाई’ चिन्हमा मतदान गरी अत्याधिक मतले विजय गराउन सबैलाई आग्रह गरेका छन् ।

त्यसैगरी शनिबार पोखरा महानगरपालिका वडा नं. २० अन्तर्गत भलाम, मौजा लगायतका ठाउँमा घरदैलो तथा चुनावी कोणसभा हुने कार्यक्रम रहेको कुरा चुनाव प्रचारप्रसार समितिका संयोजक सूर्य वास्तोलाले जानकारी दिएका छन् ।

भलामका दुई युवा व्यवसायी सवारी दुर्घटनामा परी घाइते
भलामका दुई यूवा व्यवसायी मोटरसाइकल दुर्घटनामा परेका छन् । आफ्नो व्यवसाय बन्द गरेर घर जाने क्रममा उनिहरुको दुर्घटना भएको हो ।
दुर्घटना हुनेहरुमा औषधी व्यवसायी एवम् समाजसेवी धिरज गौतम र जिवन अधिकारी रहेका छन् । दुवै पोखरा २० भलाम निवासी हुन् । मोटरसाइकल दुर्घटना परेका अधिकारी सामान्य उपचारपछि घर फर्केका छन् भने गौतम भने मनिपाल अस्पताल पोखरामा उपचार गराई राखेका छन् । उनको अनुहार र खुट्टामा चोट लागेको कुरा अस्पतालले जनाएको छ । यसैबीच भलाम निवासी गौतम र अधिकारी प्रति मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य वास्तोलाले प्रेस विज्ञप्ती निकाली उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।