पोखरा ७ र ८ मा ई.धर्मराज गुरुङको घरदैलो

पोखरा ।

मंसिर १४ गते हुने प्रतिनीधिसभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको ईञ्जिनियर धर्मराज गुरुङले पोखरा महानगरपालिका वडा नं. ७ र ८ मा घरदैलो कार्यक्रम गर्नुभएको छ।

जनतासँग उम्मेदवार अभियान अन्र्तगत मंगलवार वडा नं. ७ को मासवार, रत्नचोक लगायतका क्षेत्रमा मतदानको आग्रह गर्दै मतदान गर्नुभएको थियो। यसरी नै पोखरा ८ को सिमलचौर, सिर्जनाचोक, सभागृहचोक क्षेत्रमा हात चिन्हमा मतदान गर्नका लागि आग्रह गर्दै उहाँले घरदैलो गर्नुभएको थियो।

उक्त क्रममा मतदाताहरुले मुलुक बनाउने इमान्दार र स्वच्छ प्रतिनीधिको आवाश्यक रहेको माग गरेका थिए भने उम्मेदवार गुरुङले समाज र देश बनाउनका लागि नै आफु प्रत्यासी भएको बताउनुभएको थियो। देश वर्वाद बनाउनेलाई नभई लामो सम्मुनत समाज निर्माणका लागि हात चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।