कम्युनिस्ट दम्भले जनता निरास

पोखरा ।

नेपाली कांगेस नेतृ विन्दादेवी आलेरानाले २ तिहाईको दम्भले जनतालाई अनावश्यक कर र महंगी थोपरेको बताएकी छन । कास्की २ नं क्षेत्रमा हुने उपनिर्वाचनका लागि पोखरा १५ को निर्वाचन परिचालन कार्यालय उदघाटन गर्दै नेतृ रानाले कांगेसमा टउपगुट सकिएको बताइन ।

उम्मेदवार खेमराज पौडेललाई जिताउन पोखरा १५ को नेतृत्व लिएकी रानाले सवै कार्यकर्ता एक भएर लाग्ने समय आएको बताए । जनतालाई झुक्याउन खप्पिस कम्युनिस्ट कार्यकर्तालाई सवैले चिनेको बताउँदै त्यागी नेता खेमराज पौडेललको जीत हुनमात्र बाँकी रहेको उल्लेख गरिन ।

संघीय सांसदसमेत रहेकी रानाले सरकारले विभिन्न आयोगलाई पुर्णता नदिई देशलार्य लथालिंग बनाउन खोजेको खारोप लगाइन । कम्युनिस्टहरु महिला विरोधी भएको विभिन्न घटनाले पुष्टि गरिसकेको उल्लेख गर्दै हटाउन नहुने परदेश परमुखलाई हटाइ गरिएको नयाँ नियुक्तमा पनि १ जना महिला नहुनु गतिलो उदाहरण भएको उल्लेख गरिन ।

हिजोको समय जे थियो एउटा कालखण्डमा जनताले कम्युनिस्टलाई विश्वास गरेकै हुन, तर आज त्यस्तो हुने अवस्था छैन उनले भनिन, (मत भनेको भोलिको भविष्य हो । देशको नीति बनाउने हो )। पोखरा १५ मा नयाँ गाउँ, रामबजार, फलेपाटन, स्यानीपाटन, वन क्याम्पस क्षेत्र, गलेश्वर लगायतका जनताको पुर्ण साथ रहेको कार्यालय उदघाटनका क्रममा सहभागीले बताएका थिए ।

नेपाली कांगेस पोखरा १५ का सभापति टोपबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यालय उदघाटन सभामा पार्टीका विभिन्न तहमा नेतृत्व सम्हालेका अगुवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।