हाम्रो पोखरा कास्कीद्धारा सहयोग

पोखरा ।

हाम्रो पोखरा कास्कीले देउसी भैलोवाट संकलित रकमवाट रामकृष्ण टोल सेवा केन्द्रमा अध्ययनरत वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई सहयोग गरेको छ । संस्थाले ५१ हजार वरावरको लत्ताकपडा, स्टेसनरी सामान तथा खाद्यान्न वितरण गरेको हो । सामाजिक युवाहरुको एकता, समाज परिवर्तनमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ स्थापना भएको हाम्रो पोखरा कास्कीले रामकृष्ण टोल सेवा केन्द्रमा अध्ययनरत वौद्धिक अपाङ्गता विद्यार्थी सहयोगार्थ देउसी भैलो कार्यक्रम गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरीका प्रहरी नायव उपरिवेक्षक कृष्णबहादुर कार्कीले सामाजिक कार्य सह्रानिय भएको बताउदै यो उमेरको युवाहरुले निस्वार्थ भावले सामाजिक कार्यमा गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले नेपाल प्रहरीको संगठनवाट आवश्यक साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाएका थिए । विशेष अतिथि रिकभरी नेपाल गण्डकी संयोजकले युवाहरुले गरेको कामको सह्राना गर्दै आजै सेवा केन्द्रको लागि नगद ५ हजार सहयोग गरेका थिए । मानव अधिकार तथा शान्ति समाजका सचिव रामकृष्ण ढुङ्गानाले हाम्रो पोखरा कास्कीका युवाहरुको कामवाट अरुले पनि पाठ सिक्नुपर्ने टिप्पणी गरे ।

पोखरा टेलिभिजनकी स्टेसन म्यानेजर अनिशा श्रेष्ठले सञ्चार क्षेत्रले आवश्यक परेको क्षेत्रमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन पुलको रुपमा काम गर्नुपर्ने बताइन् । सेवा केन्द्रका सञ्चालक रामनारायण श्रेष्ठले सेवा केन्द्रको पृष्ठभुमी बताउँदै हाम्रो पोखरा कास्कीले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए । त्यस्तै हाम्रो पोखरा कास्कीका सल्लाहकार तथा पत्रकार अमृतकुमार भट्टराइले हाम्रो पोखरा कास्कीलाई आफुले सक्दो सहयोग गर्ने बताउदै ग्रुपको प्रगतिको कामना गरे ।

हाम्रो पोखरा कास्कीका अध्यक्ष सुवासचन्द्र आचार्यले हामी मोजमस्ती तथा घुमघाम गर्ने उमेरका युवाहरुले आफ्नो खाजाको पैसा कटाएर समाज सेवामा लागेको बताउँदै हाम्रो पोखरा कास्कीको देउसी भैलो कार्यक्रम तथा संस्थाका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुप्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा सेवा केन्द्रमा अध्ययनरत भाईबहिनी, अभिभावक लगायतको सहभागीता रहेको थियो । हाम्रो पोखरा कास्कीका अध्यक्ष सुवासचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विक्कीजंग क्षेत्रीले गरेका थिए ।