कास्कीमा नेकपाको उपनिर्वाचन लक्षित प्रशिक्षण

पोखरा ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कास्की जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनलाई लक्षित गर्दै नेकपाले प्रशिक्षणको आयोजना गरेको हो ।

कास्की २ मा हुने उपनिर्वाचनका लागि नेकपाको तर्फबाट विद्या भट्टराइले उम्मेदवारी दिनुभएको छ । भट्टराइले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गरिसक्नुभएको छ । पार्टी कार्यकर्तालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), महासचिव बिष्णु पौडेल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण दिने क्रममा नेताहरुले नेकपाका उम्मेदवार भट्टराईलाई जसरी पनि विजयी बनाउनुपर्नेमा जोड दिएका थिए । उम्मेदवार बन्नुभएकी भट्टराइले आफु रविन्द्रको उत्तराधिकारी भएर निर्वाचनमा होमीएको भन्दै कास्की क्षेत्र नं. २ को भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने बताउनुभएको थियो ।