जन्म दिनको अवसरमा भण्डारीद्धारा सहयोग

पोखरा ।

अनेरास्ववियु कास्की जिल्ला सदस्य तथा जनप्रिय बहुमुखी क्याम्पसका नेता विनोद भण्डारीले आफ्नो जन्म दिनको अवसरमा पोखरा— १७ दोविल्लामा रहेको सहारा एकेडेमीका विद्यार्थीलाई सहयोग गरेका छन् ।

भण्डारीले शनिवार एक कार्यक्रमको अवसरमा एकेडेमीका २६ जना खेलाडी विद्यार्थीहरुलाई १८ हजार वरावरको जर्सी सहयोग गरेका हुन् ।

उक्त जर्सी कार्यक्रमका प्रमुख अतिथि पोखरा—३३ का वडा सदस्य दीपक लामिछानेले विद्यार्थी खेलाडीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा अजित गिरि, हरि अछामी, बिनय पराजुली, अलिस पौडेल, सन्देश अधिकारी, किरण अधिकारी, श्रीकृष्ण लामिछने, हरि भन्डारी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम संचालन जनप्रिय बहुमुखी क्याम्पस अनेरास्ववियुका सचिब गोबिन्द महतले गरेका थिए ।