डायमण्डको अवलोकन भ्रमण

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको डायमण्ड माविको अवलोकन भ्रमण नेपालको पूर्वि भुभाग तथा सिक्किम सम्मको मनोरम स्थलको साथै धार्मिक तिर्थ स्थलको समेत अवलोकन गरि सम्पन्न भएको छ ।

विद्यालयको वार्षिक कार्यक्रम अन्तरगत भ्रमणको आयोजना गरिएको र विद्यार्थिहरु लाई किताबी शिक्षाको साथै स्थलगते भ्रमणका माध्यम बाट पनि विभिन्न कुराको प्रत्यक्ष अध्ययन अध्यापन गराउन अवलोकन भ्रमण सार्थक रहको बताईएको छ ।

मनोरम स्थलका साथै धार्मिक तिर्थ स्थलको भ्रमण गर्दा विद्यार्थिहरुका धर्म प्रतिको आस्थाका साथै राम्रो संस्कारको समेत विकाश हुने विद्यालयका शिक्षक विकाश लामिछानेले बताएका थिए ।

विकाशको हिसाबले अत्तिसम्पन्न मानिएको सिक्किमको अवलोकान भ्रमणले विकाश गर्न सकेको खण्डमा नेपालमा पनि त्यसता विकाशको सम्भावना धेरै रहेका अझ पोखरा त प्रकृतिको रमणिय स्थल भएको कारण त्यस किसिमको विकाश गर्न सकेको खण्डमा विश्वको नमुना शहर बन्ने विद्यार्थि सौरव सुबेदिले बताएका थिए ।

अवलोकन भ्रमणका क्रममा बुढाशुब्वा, फिक्कलको चिया बगान, चतरा धाम, बराह क्षेत्र, कोशी व्यारेज, जनकपुरको राम जानकी मन्दिर तथा छिमेकी राष्ट्र भारतको सिक्किको बिभिन्न मनोरम स्थल, तथा प्रवित्र तिर्थ स्थल चार धामको समेत अवलोकन भ्रमण गरेको विद्यालयका व्यवस्थापक प्रमुख हरि लामिछानेले जानकारी गराएका छन् ।