कास्की कांग्रेस उपनिर्वाचनको तयारीमा

पोखरा ।

नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण केसी सोमबार देखि उपनिर्वाचन को चुनावी अभियानमा जुटनुभएको छ । नेपाली कांग्रेस वडा नं १७ ले आयोजना गरेको उपनिर्वाचन लक्षित बिशेष बैठकमा बोल्दै उहाँले यो निर्वाचन मा कांग्रेसलाई बिजयी बनाउनका लागि आवश्यक तयारी थालिएको बताउनुभयो ।

बर्तमान सरकारको कार्यशैली प्रति आम नागरिकको गुनासो बढिरहेका बेला यो उपनिर्वाचनमा कांग्रेसले जित्नु अपरिहार्य भएको कुरामा जोड दिनुभयो । वडा ईकाई १७ का सभापति देवराज आचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा उहाँले निर्वाचन लक्षित कार्यक्रमलाई वडा नं १७ ले तिब्र गतिमा अगाडि बढाउने बताउँदै एकजुट भएर लाग्न सबैलाई आब्हान समेत गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य बिन्दा राना मगरले कांग्रेसले क्षेत्र नं २ मा बिकास निर्माण लगायत यस क्षेत्रको समृद्धिका लागि पर्याप्त कार्य गरेता पनि प्रचार प्रसारको कमि का कारण कार्यप्रगती ओझेलमा परेको बताउनुभयो । उपनिर्वाचन जितेका स्वर्गिय रबिन्द्र अधिकारी एनसेल, वाईडबडि लगायतका बिषयले बिबादित बनेका कारण सँगै बर्तमान सरकारप्रति जनताको असन्तुष्टीले कांग्रेसको नेतृत्व नै आवश्यक रहेको उहाँको भनाई थियो । यस पटक कुनै हालतमा पनि यो उपनिर्वाचन कांग्रेसले जितेरै छाड्ने उहाँको जोड थियो ।

उपनिर्वाचनमा वडा नं १७ का लागि नगरबाट खटिएका प्रतिनीधी नगर सदस्य बिश्वमोहन पौडेलले यो उपनिर्वाचनलाई सौहार्दपूर्ण बातावरणमा परिणाममूखी ढंङ्गबाट सम्पन्न गराउँनका लागि पार्टिले दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य पुण्डरी प्रसाद बराल, यूवक लामिछाने, नम्रता बराल, नेपाली कांग्रेसकी नेतृ बिमला भण्डारी ,पूर्व जिल्ला सदस्य प्रेम परियारले यसपटकको उपनिर्वाचनको परिणाम नेपाली कांग्रेसको पक्षमा ल्याउनका लागि कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

सोहि बैठकमा ईकाई उप–सभापती दिपेन्द्र बराल, सल्लाहकार रामप्रसाद श्रेष्ठ , क्षेत्रीय सदस्य ज्ञानेन्द्र पौडेल किसान संघ कास्कीका सभापती बिश्वराज आचार्य, निर्वतमान बुथ सभापती नारायण अधिकारी, बर्तमान सभापती नगेन्द्र भण्डारी, कमलकान्त उपाध्याय ,नेपाली कांग््रेस कि नेतृ दुर्गा केसी लगायतले उपनिर्वाचन लक्षित बिचार राख्दै सबैजना एकजुट भएर जानुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको संचालन ईकाई सचिव डिआर भट्टराईले गर्नुभएको थियो भने बैठकमा सल्लाहकार रामप्रसाद श्रेष्ठकी धर्मपत्नीको शिघ्रस्वास्थलाभको कामना समेत गरिएको थियो ।