१७औं आहा रारा गोल्डकप फुटबल फागुन ९ देखि

पोखरा।

सहारा क्लब पोखराको आयोजनामा पोखरामा यही फागुन ९ देखि १८ गतेसम्म १७औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो ।प्रतियोगिताको विजेता टिमलाई ८ लाख एक हजार र उपविजेतालाई ४ लाख एक हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको सहरा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

प्रतियोगितामा तीन विभागीयसहित आयोजक सहारा, मनाङ–मर्स्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, थ्रीस्टार क्लब र क्यामरुनको दाउफिन्स फेमिली टिमले सहभागिता जनाउने भएका छन् ।

गत वर्ष देखी राष्ट्रिय स्तरका खेलाडीहरु मध्येबाट सम्मानित गर्ने निर्णय भए अनुसार २०७४ साल भरिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी एक जनालाई सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ मा ३५ हजार रुपैयाँको साथ प्रमाण पत्र,दोसल्लाको साथ सम्मान गर्ने गरिएको छ । उक्त पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङ्गले गरेका छन् ।

यस वर्षको प्रतियोगिताबाट पनि वचत हुन आउने रकम सहारा क्लब पोखराद्धारा सञ्चातिल सहारा फुटबल एकेडेमी सञ्चानार्थ खर्च हुने क्लबले जनाएको छ । साथै विगतका वर्षमा झै यस वर्ष पनि प्रत्येक टिकटमा १ रुपैयाँ फुटबल खेल मैदान मर्मत सम्भारको लागि छुट्याइने क्लबले बतायो ।

उद्घाटन खेल सहारा र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment