सहिद थमनको स्मृतिमा भलिवल प्रतियोगिता हुने

पोखरा ।

सहिद थमन परियारको स्मृतीमा वडास्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । सहिद थमन परियार प्रतिष्ठान नेपालको आयोजना र पोखरा महानगरपालिका वडानं २८को सह– आयोजनामा आगामी कार्तिक ६ गते देखि ८ गते सम्म वडास्तरीय भलिवल प्रतियोगिताको आयोजना गरिएको छ ।

थमन परियार स्मृती प्रष्ठिानका अध्यक्ष लालमोहान तिवारी (सागर)ले शुक्रबार पोखरामा भएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिनु भएको हो । थमन परियारकै जन्मस्थल पोखरा २८ माझठानामा आयोजना गरिने प्रतियोगितामा विजेताले नगद एक लाख एक हजार एक सय एघार र उपविजेताले पचाँस हजार पाँच सय पचपन्न साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक मनमोहन अधिकारीले जानकारी दिनु भयो ।

उत्कृष्ट खेलाडीहरुलाई पनि आर्कषक पुरस्कार रहेको बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख ४५ हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा आज सम्म १७ समुहको सहभागिता निश्चित भएको वैन बहादुर गुरुङले जानकारी दिनु भयो । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले उदघाटन गर्ने जनाइएको छ ।

सहिद थमन परियारले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा संघर्ष गर्दागर्दे २०६३ साल कार्तिक ६ गते शहादत प्राप्त गर्नुभएको थियो । उहाँ राजनीतिज्ञ,विचारक,लेखक,कलाकार,पत्रकार र संगितकारको रुपमा परिचित हुनुहुन्थौ । उहाँ कास्की जिल्ला जनसरकार प्रमुख,नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष,राष्ट्रिय स्वाभिमान साप्ताहिकको सह –सम्पादक लगायतका जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्नुभएको थियो ।