पोखरामा ६ लाख सहित १५ जुवाडे पक्राउ

पोखरा ।

पोखराको खपौंदीबाट कौडा खेल्ने १५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद ६ लाख बरामद भएको श्रोतले जनाएको छ । कौडा खेल्दै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेका थिए । भागाभाग चल्दा दुवै पक्षका २ जना घाईते भएका छन् ।

कौडा खेल्नेमध्ये १ जनाको खुट्टा भाँचिएको र एक प्रहरीको हातमा चोट लागेको बताईएको छ । श्रोतका अनुसार कौडा खेल्नेहरुलाई छुटाउन अहिले ठूलो दवाव छ । यसबारे निर्णय गर्नका लागि कास्की प्रहरी बैठक बसिरहेको छ ।