तनहुँमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु

पोखरा ।

तनहूँको गुणादीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बस र बोलेरो आपसमा ठक्कर खाँदा बोलेरो चालक नवलपरासीका २२ बर्षिय रमेश थारुको मृत्यु भएको हो ।

नवलपुरबाट पोखराका लागि छुटेको लु १ च ७०४१ नम्बरको बोलेरो र ग १ ख ४०२२ नम्बरको बस आपसमा ठोकिँदा बोलेरो चालक थारु गम्भीर घाईते भएका थिए ।

उनको दमौली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको तनहूँका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । दुईवटैै गाडी तीब्र गतिमा भएका कारण दुर्घटना भएको उनले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।