आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १३ आर्वामा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समुहको सहकार्यमा हाम्रो समाज नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

विजया दशमी तथा शुभ दिपावलीको अवसरमा सामाजिक जनचेतना मुलक नाटक हाम्रो समाज महाअष्टमीको दिन प्रर्दशन गरिएको थियो । नाटकमा स्थानिय कलाकारहरु देवेन्द्र वराल (मुक्ती), हरिकृष्ण सिग्देल, सावित्रि वराल, युवराज वराल, अनिता अधिकारी, यज्ञ वराल, सुभाष वराल, मोहन सिग्देल, राजन सिग्देल, नमुना वराल, परमेश्वर वराल, राम र लक्ष्मण वराल, जिवन वराल, सुशान्त वराल, लगायत दुई दर्जन कलाकारले भाग लिएका थिए ।

नाटकको लेखन तथा निर्देशन मोहरपानी आदर्श टोल विकास संस्थाका सचिव शिवराज वरालले गरेका थिए । नाटकमा समाजमा रहेको कुसंस्कार तथा वेथीति जुवा तास, जाँड रक्सी, लागु औषध लगाएतका विकृति विसंगतिका विरुद्ध सचेतना मुलक रहेको टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले वताए ।

आर्वाको जागरण आमा समुहको भवनमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित पोखरेली ध्रुमुस राजेन्द्र नेपाली लट्टे र माग्ने बुढो युवराज भण्डारीको हास्य प्रहसन प्रस्तुत गरिएको थियो ।

पोखरा महानगरपालिका वडा नं. १३ की वडा सदस्य कमला विकले उद्घाटन गरेको कार्यक्रममा जागरण आमा समुहकी अध्यक्ष राधादेवि वराल (विद्या), सुमन वराललगाएतले वोलेका थिए । अध्यक्षता टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले र संचालन सचिव शिवराज वरालले गरेका थिए ।