गण्डकी प्रदेश सरकारको स्रहानीय कार्य गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

पोखरा

गण्डकी प्रदेश सरकारले अत्याधिक रक्तश्रावको अवस्थामा रहेकी एक महिलाको हेलिकोप्टरबाट सकुशल उद्धार गरेको छ । प्रदेशको सामाजिक विकाश मन्त्रालयको पहलमा वाग्लुङ जिल्लाको बुर्तिवाङबाट गर्भवती महिलाको उद्धार गरिएको हो । स्थानिय ढोरपाटन नगरपालिका वडा नं ६ की ३५ बर्षिय धन कुमारी बुढाको उद्धार गरिएको हो ।

गर्भवती अवस्थामा रक्तश्राव भएपछि बुढाको बुधवार साँझ उद्धार गरिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो । महिलाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भईरहेको छ । गण्डकी प्रदेशले दुर्गम क्षेत्रका महिलाहरुलाई त्यहाँको अस्पतालमा सुत्केरी हुन समस्या भए हेलि एम्वुलेन्सको निशुल्क सेवाबाट अस्पताल ल्याउने गरेको छ । यस अगाडि मुस्ताङबाट पनि एक युवतीको उद्धार गरेको डाक्टर शर्माले जानकारी दिनु भयो ।

यस अगाडि पैसा हुनेले मात्रै हेलिकप्टर चार्टर गरेर अस्पताल सम्म ल्याउने गरेपनि अहिले प्रदेश सरकार आएपछि गरिव जनताले पनि हेलिकप्टर मार्फत उपचारको लागि अस्पताल आउन पाएका छन् ।