पोखरामा विद्युतको पोलमा आगलागी

पोखरा ।

पोखरा र विद्युतको पोलमा आगलागी भएको छ । पोखरा महानगरपालिका ४ को वडा कार्यालय अगाडीको विद्युतको पोलमा आगलागी भएको हो ।

सोमबार बिहानै साँढे ५ बजे तिर आगोलागी भएको वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी गराए । कम्पनीका इन्टरनेट, केबलका तारहरु सर्ट भई आगोलागी भएको उनले बताए ।

‘भद्रगोल अवस्थामा रहेको तारहरुको लाइन सर्ट भइ आगलागी भयो’, उनले भने, ‘समयमै दमकल बोलाएर आगो निभाइएकाले ठुलो क्षति हुनबाट जोगियो ।’ महानगरले पोलमा गुजुल्टीएका तारहरु हटाउन अभियान सुरु गरे पनि विद्युत प्राधिकरण संग कुरा नमिल्दा काम अगाडी बढ्न सकिरहेको छैन ।

बेलैमा थप आवश्यक प्रक्रिया महानगरले नचलाउने हो भने क्षति हुने सम्भावना छ । समयसमयमा यस्तो समस्या देखिरहँदा बेलैमा सचेत हुनुपर्ने आवश्यकता देखिन्छ ।