मयेर र उपमेयरको दशै शुभकामना

पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा सम्पूर्ण महानगरवासी, देश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

शुक्रबार शुभकामना सन्देश जारी गर्दै चाडपर्वहरु हाम्रा संस्कृति र पहिचान भएकाले दशैको मौलिकता झल्किने गरी विकृतरहित ढंगबाट चाडपर्व मनाउँदा नै संस्कृति तथा परम्पराको संरक्षण हुने बताएका छन् । ‘सबै जातजातिका चाडपर्व र संस्कृतिको संरक्षणले नै हाम्रो एकता अझ मजबुत हुनका साथै सामाजिक सद्भाव र भाइचारा वृद्धि हुने सन्देशमा उल्लेख गरिएको छ ।

‘विकास र सुशासनको प्रत्याभूति गराउँदै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन विजया दशमीले हामी सबैलाई सकारात्मक सोचको विकास र उत्साह जगाउन सकोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।’ सन्देशमा भनिएको छ ।