भु.पु सैनिक सघं कास्कीको चौथो सधारण सभा

पोखरा ।

नेपाल भु.पु सैनिक सघं जिल्ला समिति कास्कीको चौथो सधारण सभा हेमजामा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य जित ब. कार्कीले चाडपर्वको शुभकामना ब्यक्त गर्दै नेपाललाई चिनाउने बिर गोर्खाली भएको बताए । उनले समाजमा सहयोग गर्दै आएको र मानब सेवा आश्रमलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा सल्लाहाकार प्रेमराज तिमिल्सिना, निबर्तमान अध्यक्ष सिताराम थापा र हेमजा भु.पु सैनिक कृषि सहकारीका अध्यक्ष झबिलाल सापकोटा लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा सचिब सुरेस ब. सापकोटाले सचिबको प्रतिबेदन र कोषाध्यक्ष श्याम ब. कुवँरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित ग¥यो । सो अबसरमा मानार्थ उप सेनानी झङ्कनाथ तिम्सिना लगाएत खप्रसाद रोका, भगवान सिहं खड्का, टेक ब. सापकोटा, सुर्यनाथ दाहाल, धन ब. थापा मगर, अम्बर ब. कुवँर, प्रेम ब. कुवँर र झपट ब. कुवँरलाई आजिवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेपाल भु.पु सैनिक सघं जिल्ला समिति कास्कीका अध्यक्ष टेक ब. कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष पुर्णनाथ शर्माले र सञ्चालन सचिब सापकोटाले गरेका थिए ।