दारी ग्याङ पोखराको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पोखरा १६ असोज दारी ग्याङ पोखराले बडादशैको पावन अबसरमा शुभकामना आदान प्रदान तथा CWSN नयाँ गाउँमा खाद्यान्न , स्टेसनरी सामान र १५ जोर चप्पल बितरन गरेको छ ।

सडकमा रहेका बालबालिका हरुलाइ विभिन्न माध्यमबाट तालिम र शिक्षा दिने र निम्न आर्थिक स्तर हुने परिवारका स्थानिय बालबालिकालाई दिवा कक्षा सन्चालन गर्दै आएको CWSN मा गएर सडक बालबालिका सगै दारी ग्याङ पोखराले दशैको शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ ।

दारी ग्याङ पोखरा संयोजक बसन्त पहारीको सभापतीत्वमा सन्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य दारी ग्याङ पोखरा पूर्व संयोजक शेखर गौतमले दिनु भएको थियो भने शुभकामना मन्तव्य CWSN कार्यक्रम प्रमुख निमा गुरुङ र CWSN कार्यकारी निर्देशक ठाकुर चापागाईं ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन महेन्द्र पहारी ले गर्नु भएको थियो ।
दारी ग्याङ फेसबुक अन्तर्गत सन्चालन भएको सामाजिक सस्था हो यस्मा हाल देश भर बाट एक लाख चार हजार भन्दा धेरै सदस्य हरु रहेका छन ।