दर्शन बचत तथा ऋण सहकारी संस्थाको नवौंं साधारणसभा सम्पन्न

पोखरा ।

पोखराको छोरेपाटनमा रहेको दर्शन सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको नवौंं साधारणसभा सम्पन्न भएको छ । नेपाल ठकुरी संगम परिवार कास्कीको भवनमा आज (आईतबार) नवौंं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७का निर्वाचित वडा अध्यक्ष तिर्थराज अधिकारीले अब हरेक सहकारीहरु वडामा समेटिनु पर्ने बताउनु भयो । अधिकारीले सहकारी विषय विज्ञहरु ल्याएर प्रशिक्षण दिने योजना रहेको जानकारी दिनुका साथै ठकुरी परम्परा, संस्कृतिको प्रसंशा गर्नु भयो ।

पर्वत महाशिला गाँउपालिका वडा नम्बर ५का निर्वाचित वडा अध्यक्ष जिवन उच्चै ठकुरीले अब हरेक सहकारीले कहाँ पुग्ने र कहिले पुग्ने भन्ने निश्चित गर्न आवश्यक रहेको भन्दै नयाँ ऐन अनुसार बिनियम संसोधन गरेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । ठकुरीले छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजानु पर्नेमो जोड दिनुभएको थियो । पोखरा महानगरपालिका वडा नम्बर १७का निर्वाचित वडा सदस्य राधिका शाहीले महिलाहरु पनि अगाडि बढ्नुपर्ने र त्यसका लागी सहकारीहरुले सहयोग पु¥याउने बताउनु भयो ।

उक्त साधारणसभामा नेपाल ठकुरी संगम परिवार कास्कीको अध्यक्ष क्या. फम बहादुर शाहि, नेपाल ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल, बरिष्ठ शाहित्यकार तथा सहकारीका सल्लाहकार दुर्गा बहादुर शाह, शेयर सदस्यहरुको तर्फबाट लक्ष्मी खाँण, भु पु सैनिकका अध्यक्ष गोविन्द खाँण, सहकारीका सल्लाहकार क्या. खड्ग शहादुर शाहीे लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

उक्त साधारण सभामा सहकारीका शेयरहरु सदस्य टंक शाहीलाई सहकारीद्धारा आयोजित निशुल्क स्वास्थ्य शिविरको संयोजक, पोखरा जेसिसका अध्यक्ष सन्तोष शाही, नेपालको पहिलो आमाहरुको सौन्दर्य प्रतियोगिताको बिजेता सुपरमम ज्योती हमाललाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा यस बर्षको एसईई र +२ परिक्षा उर्तिण गरेका सेयर सदस्यका छोराछोरीहरु सलिना मल्ल, बिनिशा मल्ल, सृष्टि शाहीलगाएतलाई सम्मान गरिएको थियो । यसैगरी असल बचतकर्ता मिना मल्ल, असल कर्जा कारोबारी नमा खाँण र सहकारीका असल कर्मचारी रुपा थापा मल्ललाई पनि सम्मन गरिएको थियो ।

सहकारीका अध्यक्ष खिम बहादुर शाहीको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत सहकारीका उपाध्यक्ष बिष्णु उच्चैले कार्यक्रम सञ्चालन सहकारीका सचिब राजाराम शाहीले गर्नु भएको थियो ।

साधारणसभाले अध्यक्ष खिम बहादुर शाहीले प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन, लेखा समितीका संयोजक चक्र बहादुर शाहीले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष लक्ष्मण मल्लले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ । २ सय ४५ जना सेयर सदस्य रहेका छन् ।