दोस्रो डायमण्ड कप सम्पन्न

पोखरा ।

पोखरा महानगरपालिका तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गत असोज ८ गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न भएको छ ।

दश ओटा समूहको सहभागिता रहेको फुटबल प्रतियोगितामा कक्षा १२ व्यवस्थापन संकाय ए समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा ९ ले चित्त बुझाएको छ । छात्र भलिबलको उपाधि कक्षा १२ व्यवस्थापन संकायले जित्यो भने छात्रा तर्फ स्कुल समूह विजेता भएको छ ।

यसैगरि क्रिकेट तर्फ कक्षा १२ व्यवस्थापन संकायले जित हात पार्न सफल हुदाँ कक्षा १२ विज्ञान संकायले दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा आयोजित टेबल टेनिस छात्र तर्फ सुसिल केसी प्रथम भएका छन् भने अनमोल पुन दोस्रो हुन् सफल भएका छन् त्यसैगरि छात्रा तर्फ अंकिता गुरुङ्ग प्रथम र अनुशा गौतम दोस्रो हुन् सफल भएका छन् ।

प्रतियोगितामा फुटबल तर्फ ६ गोल गर्दै दर्शन गुरुङ्गले सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , कक्षा ९ का अनमोल पुन उत्कृष्ट खेलाडी बनेका छन् । छात्र भलिबल तर्फ प्रदिप गुरुङ्ग उत्कृष्ट खेलाडी र माक्स गुरुङ्ग उत्कृष्ट स्पाईकर भएका छन् भने छात्रा तर्फ अनुशा गौतम उत्कृष्ट खेलाडी र सिम्रन गुरुङ्ग उत्कृष्ट स्पाईकर भएकी छन् ।

प्रतियोगिता संचालन गर्नका लागि खेल अबधि भर रेफ्रिको भुमिका निर्वाह गरेकोमा विधान देउजा र संजिव गुरुङ्गलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो । वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्ग, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछाने, विद्यालय निदैशक माधवशरण उपाध्याय, अतिरिक्त क्रियाकलाप प्रमुख विकाश लामिछानेले पुरस्कार वितरण गरेको विद्यालयका खेलकुद प्रमुख बिनोद थापाले जानकारी गराएका छन् ।