कात्तिक ३ गतेदेखी सेभेन एसाइड फुटबल प्रतियोगिता हुने

पोखरा ।

मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचौ खुल्ला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता कात्तिक ३ गतेदेखी हुने भएको छ । असोज १० गतेदेखी हुने भनेको प्रतियोगिता प्रविधिक कारणबस सरेको कारण कात्तिकको ३ गतेदेखी ८ गतेसम्म हुने प्रतियोगिताका प्रचार प्रसार संयोजक पृथ्वी कुवरले जानकारी दिए ।

प्रतियोगिता रामेश्वरी विद्यालयको खेलमैदान मझेरीपाटनमा हुने छ । प्रतियोगितामा पहिलो हुने टिमले एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल र प्रमाणपत्र पाउँने छन् । दोस्रो हुने टिमले ७५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल प्रमाणपत्र पाउँने छन् । सेमि फाइनलमा प्रवेश गरेका २ टिमले १० हजारको रुपैयाँ र प्रमाणपत्र पाउने कुवरले जानकारी दिए ।

अनुशासित टिमले ७ हजार रुपैयाँ प्रमाणपत्र पाउने छन् । भने सर्वोउत्कृष्ट खेलाडीले ७ हजार उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्डरले ५ हजार, मिड फिल्डरले ५ हजार सर्वाधिक गोलकर्ताले ५ हजार ट्रफी मेडल प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा टिम दर्ता बापत ७ हजार रुपैयाँ लाग्ने छ । प्रतियोगितामा ४० टिमका खेलाडी सहभागी हुने कुवरले जानकारी दिए । प्रतियोगितामा ११ लाख खर्च लाग्ने र २५ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत भएको रकमले सामुदायीक व्यामशाला निर्माण गरिने छ ।