कोरीयाली विद्यार्थीको सहयोग विन्ध्यवासिनीका दुई छात्रालाई

पोखरा ।

कोरियाली नागरिक एलेक्स हृयुङ उन्होले पोखराको वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विका दुई जना छात्रालाई शैक्षिक विकासका लागि आर्थिक सहयोग गरेका छन् ।

हाल अमेरिकाको टेक्सास राज्यमा कक्षा ११ मा अध्ययन गर्ने उन्हो सहितका ११ जना कोरियाली विद्यार्थीको समुहले शैक्षिक सहयोग मार्फत ३२ हजार ६ सय ४५ रुपैयाँ उपलब्ध गराएको उन्होका नेपाली साथी एवं विद्यालयका शिक्षक ईश्वर खड्काले जानकारी दिनुभयो ।

उक्त रकम शुक्रवार विद्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीद्वय ईश्मा गुरुङ र शान्ति घलेलाई विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य , शिक्षक ईश्वर खड्काले हस्तान्तरण गर्नुभयो । ईश्माले २५ हजार ६ सय ४० र शान्तिले ५ हजार ८ सय २५ रुपैयाँ सहयोग स्वरुप प्राप्त गरेकी छिन् ।

शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले शैक्षिक विकासका लागि कोरियाली विद्यार्थीको भुमिका महत्तवपुर्ण रहेको वताउनुभयो ।सबैले आफ्नो गच्छे अनुसार चाडपर्व मनाउन सुझाव दिदै उहाँले हाम्रा चाडपर्व संस्कुति प्रधान रहेको वताउनुभयो ।

कार्यक्रममा समितिका सदस्य जीवनाथ शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेल, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतका शिक्षक कर्मचारीले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।