पर्यटक खोज्दै गण्डकी प्रदेशको जम्वोटेली देश दौडाहमा

पोखरा ।

गण्पडकी प्रदेश सरकारले घोषणा गरेको आन्तरीक पर्यटन वर्ष २०१९ लाइ सफल पार्न विभिन्न कार्यक्रमको आयोजना गरी प्रचार प्रसारमा जुटेको छ ।

यसैबीच “टुरिजम सेल्स मिसन २०१९(२०२२” विहिवार देखि प्रदेशको राजधानी पोखराबाट शुरु गर्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा जम्बोटोली पूर्वी नेपालतर्फ प्रस्थान गरेको छ । टोलीमा पर्यटनमन्त्री विकाश लम्छालसहित पर्यटन व्यवसायी, पत्रकार, कलाकार सहित करिब ५० जनाको सहभागिता छ ।

भ्रमणटोलीको नेतृत्व गरेका मन्त्री लम्छालले बढी भन्दा बढी पर्यटक गण्डकी प्रदेशमा भित्तयाउन यस्ता अभियानले सहयोग पुग्ने बताउनुभयो । आज शुक्रबार परेको अन्तराष्टिय पर्यटन दिवशको अवसर पारेर गण्डकी प्रदेश र ५ न प्रदेश सरकारको संयुक्त आयोजनामा भारतको सुनौलीहुदै बेलहनिया नाकाबाट रुपन्देही जिल्लाको भैरहवा भित्रिने पहिलो वाह्रिय पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको उहाँले जानकरी दिनुभयो ।

जम्बो भ्रमणटोलीलाई विदाई गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुडले प्रकृतीले भरिपुर्ण अनि सुन्दर प्रदेशमा भ्रमण गर्न आउन निम्तो दिन आग्रह गर्दै भ्रमण फलदायी रहोस भनेर सुभकामना व्यक्त गर्नुभयो ।

भ्रमणटोली बुटवल, लुम्विनी, विराटनगर विरगजं र काठमाडौं हुदै यहि असोज १६ गते पोखरा फर्किने कार्यक्रम रहेको छ ।