डायमण्डमा दोस्रो पढाइ महोत्सवको तयारी

पोखरा ।

पोखरा महानगरपालिका तालचोकस्थित डायमण्ड माविले यहि असोज ११ गते विद्यालय प्राङ्गणमा दोस्रो पढाइ महोत्सव गर्ने भएको छ । विद्यार्थीको पढाइमा अभिरुचि बढाउनुका साथै पढ्ने कलाको विकाश गर्ने उद्देश्यले पढाइ महोत्सवलाई यस वर्ष पनि आयोजना गरिएको हो ।

साना वालबालिकाको शैक्षिक विकाशमा थप सहयोग पुगोस् भन्ने महोत्सवको मुख्य उद्देश्य रहेको विद्यालयका व्यवस्थापक हरि लामिछानेले बताएका छन् ।

नेपाली तथा अंगे्रजी दुवै विधामा विद्यार्थीहरुले कथा, प्रबन्ध, कविता, तहगत रुपमा अक्षर, शब्द, वाक्य, निवेदन, चिठी, संवाद, चित्रकथा, सूचना, बधाई पत्र, समबेदना पत्र, विज्ञापन आदिको नमुना वाचन प्रस्तुत गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य यमवहादुर रोकाले बताएका छन् ।

बावुनानीको सर्वाङ्गीण विकाशका लागि घर र विद्यालयको वातावरण सिकाइ अनुकुल हुनुपर्ने बताउँदै विद्यालयका निर्देशक माधवशरण उपाध्यायले महोत्सवलाई भव्य र प्रभावकारी बनाउन विद्यालय प्रशासन तीव्र तयारीमा लागेको जानकारी दिएका छन् ।