खानेपानी योजनाको लागि बजेटको अभाव हुदैन ःसभापति कोइराला

पोखरा ।

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले खानेपानी योजनाको लागि बजेटको अभाव नहुने बताउनु भएको छ । आज पोखरा महानगर वडानं ३२ चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभाको उद्घाटन गर्दे सभापति कोइरालाले सो कुरा बताउनु भएको हो ।

उहाँले कम्युनिष्ट सरकारले सवै जनतालाई स्वच्छ पानी खाने बातावण बनाउने बताउनु भयो । एक घर एक धारा अभियान संचालन भइरहेको भन्दै गण्डकी प्रदेश सरकारले खानेपानीको क्षेत्रमा प्राथामिकतामा पारेर कार्य गरीरहेको उहाँको भनाई थियोे । चैनपूर सातमुहाने खानेपानी मर्मतको लागि प्रदेश सरकारले ४८ लाखको बजेट विनीयोजन गरेको जानकारी दिदै कोइरालाले धाराबाट थापेर सिधै पानी खाने गरि शुद्ध पानी वितरण हुनु पर्ने बताउनु भयो ।

उहाँले पानी शुद्धिकरणको लागि योजना लिएर आउन स्थानीयलाई आग्रह गर्नुभएको हो । योजना बनाएर आउनुस बजेटको अभाव हुने छैन कोइरालाले भन्नु भयो ।सोही क्षेत्रका प्रदेश सांसद कोइरालाले कुनैपनि योजनाहरु सफलहुनको लागि स्थानीयहरुको चासो र साथ हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै नेकपाका नेता टिकाराम पंगेनीले २०५७ सालबाट शुरु भएको ढकाल खोला मुल बाट शुरु भएको योजनामा अहिले पाँच सय घर धुरी रहेको बताउनु भयो ।

वडानं ३२का वडा सदस्य विष्णु तिवारीले सवैको लागि पानी महत्वपुर्ण हुने भन्दै मान्छेलाई पानीकै कराण ८० प्रतिशत रोग लाग्ने गर्ने गरेको बताउनु भयो । वडाले पनि पानीको लागि प्राथामिकतामा राख्दै आएको बताउनु भयो ।

कार्यक्रम चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समूहका अध्यक्ष लक्ष्मीकान्त सापकोटाको अध्यक्षतामा भएको थियो ।