युनाईटेडको आयोजनामा शुक्रबार बाराही हलमा कखरा वृत्तचित्र प्रदर्शन हुने

पोखरा ।

युनाईटेड क्लवको आयोजनामा शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र कखरा प्रदर्शन हुने भएको छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदीको समेत ं संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्ल्वले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत आगामी असोजको ३ गते शुक्रबार पोखराको बाराही सिनेमा हलमा बिहान ८ बजे कखरा नामक वृत्तचित्र प्रदर्शन गर्न लागिएको क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिति समिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

क्लवले स्थापना कालदेखीनै आफ्नो उद्देश्य अनुरुप काम गर्दै आइरहेको र सोही अनुरुप यो पटक शिक्षाको बारेमा जानकारी दिनका लागी शैक्षिक चेतनामुलक वृत्तचित्र कखरा प्रदर्शन गर्न लागिएको र उक्त दिन पोखरामा रहेका सम्पूर्ण शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरुलाई सहभागीता जनाइदिन समेत श्रेष्ठले आग्रह गरेका छन ।

शिक्षा सम्वन्धी विषयवस्तु समावेश गरी निर्माण सम्पन्न भएको वृत्तचित्र शिक्षक ,शिक्षिका, अभिभावक र विद्यार्थीहरुलाई लक्षित गरी पोखरामा पहिलो पटक प्रिमियर शो गर्न लागिएको वृत्तचित्रका निर्माता तथा एक्स्ट्र एङगल गर्वु फिल्मस प्रालिका सञ्चालक विनोद लामाले जानकारी दिए ।

७० मिनेट लामो रहेको उक्त वृत्ति चित्रमा महानायक राजेश हमाल, भुपेन चन्द, शौैजन्य सुव्वा, गजे विष्ट, सञ्चारकर्मी श्रीकृष्ण न्यौपाने, गिनिज बुकमा नाम लेखाउन सफल बाल कलाकार सौगात विष्ट लगायतको अभिनय रहेको छ ।