अनेरास्ववियुको सचेतना कार्यक्रम

पोखरा ।

अनेरास्ववियु कास्किले तीन दिने डेंगु र सेतो पुतली सम्बन्धी सचेतता कार्यक्रम आज सस्कृत माबी बगर बाट सुरु गरेको छ।कार्यक्रममा बरिस्ठ चिकित्सक सन्देश रमण पराजुली र नेत्र विशेषज्ञ सुबास नेपाल ले प्रसिक्षण दिएका छन।

कार्यक्रमको उद्घाटन गर्दै नेकपा केन्द्रिय सदस्य भिम कार्कीले यो रोग राष्ट्रिय स्तर बाटै निर्मुल गर्न सरकार लाग्नु पर्ने र त्यसको निम्ति सरकारलाई अनुरोध गरिसकिएको बताए ।

कार्यक्रममा वडा अध्यक्ष सारदा सुवेदी नेकपा नेताहरू महेश्वर पोख्रेल, धुर्ब पराजुली, लगाएतको उपस्थित रहेको थियो । अब तीन दिन सम्म चल्ने कार्यक्रममा कास्कीका करिब द्दण् वटा सामुदायिक स्कुलमा गरिने अनेरास्ववियुका सदस्य माधब गौतमले बताए ।

आज सस्कृत माबी, बालमन्दिर माबी, बाराही मा बि, मा प्रसिक्षण कार्यक्रम आयोजना गरियो भने भोलि अंमरसिहं माबी , पार्दी माबी राष्ट्रिय माबी लगाएतमा आयोजना हुनेछ।अनेरास्ववियु कास्किका नेता शेखर गौतमको अध्यक्षता र संचालन विशाल तामाङले गर्नु भएको थियो।